जेठ ०५, २०८१, शनिबार
               

बानेश्वरमा जब सिलिण्डर विष्फोट भयो... (भिडियो)

नेपाल फ्ल्यास
बैशाख १८, २०७७

ADVERTISEMENT

काठमाडौँ महानगरपालिका–३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएका छन् ।

स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।

गएराति भएको उक्त घटनाका घाइतेको निजामती अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य दुई घाइतेको पहिचान खुलेको छैन ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार सिलिन्डर पड्किँदा पसल नजिकै रहेको बा७१प ७४१ नंको स्कुटर जलेर नष्ट भएको भएको छ । 

हेर्नुहोस् भिडियो

यसैबीच राति नै काठमाडौँ महानगरपालिका–६ सिमलटारमा रोकिराखेको बा८८प४५ नम्बरको मोटरसाइकलमा आगलागी हुँदा क्षति पुगेको छ ।

स्थानीयवासीले समयमै आगो निभाएकाले ठूलो क्षति हुन नपाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि