असोज ०६, २०८१, आइतबार
               

भारतमा रोकिएका नेपालीको उद्धार

नेपाल फ्ल्यास
बैशाख १८, २०७७

ADVERTISEMENT

कैलाली । लकडाउनका कारण एक महिनाभन्दा बढी समयदेखि घर फर्कन नपाएका नेपाली नागरिक बिहीबार स्वदेश फर्किएका छन् ।

लकडाउनका कारण भारतमा अलपत्र परेकन नेपाली नागरिक बिहीबार बैतडीको सीमा नाकाबाट घर फर्किएका हुन् ।

भारतको पिथौरागडमा करिब ८ सय नेपाली स्वदेश स्वदेश आउन आशमा बसिरहेका थिए ।

गाउँ फर्किएका नागरिकहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनस्थलमा बस्नुपर्ने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र नेगीले जानकारी दिए ।

यसैबीच, झुलाघाट सीमा पारी सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिकहरु स्वदेश फर्किने प्रतीक्षामा छन्।

आज बिहानैदेखि अलपत्र नागरिकहरुलाई उद्धार गरेर स्थानीय तह पठाउने काम भइरहेको बताइएको छ ।

केही स्थानीय तहका जनप्रतिनिधिनै सीमा क्षेत्रमा आफ्ना नागरिक लिन पुगेका छन् । बैतडीको सीमा नाकामा पुर्चौडी नगरपालिकाले ५ वटा बस पठाएको छ । 

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत १० गतेदेखि नेपाल– भारत सीमा बन्द गर्ने निर्णय गरेको थियो । लकडाउनपछि सयौं नेपाली नागरिक सीमामा रोकिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि