जेठ ०५, २०८१, शनिबार
               

झापामा आगलागी, १७ लाख बराबरको क्षति

नेपाल फ्ल्यास
बैशाख १८, २०७७

ADVERTISEMENT

झापाको दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । 

आज बिहान शिविरको बी–३ हटनम्बर २६० मा रहेको टीकाराम चापागाईंको घरबाट अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चापागाईंको घरबाट सुरु भएको आगोले छिमेकी पदम चापागाईं, रुपनारायाण दुलाल र हर्कबहादुर सुब्बाको समेत घर जलेर नष्ट हुँदा करिब १७ लाख ३५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । 

आगलागी स्थानीयवासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा बिहान ३ः३० बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि