मंसिर ०७, २०८१, शुक्रबार
               

गृहमन्त्रालयको निर्देशनसँगै राजधानीमा सवारी पार्किङ अधिक

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

काठमाडाै‌ । गृह मन्त्रालयले  देशभर चेकजाँच कडा गर्न निर्देशन दिएसँगै राजधानी काठमाडौंका मुख्य स्थानमा सवारी साधन पार्किङको संख्या मंगलबार अधिक छ । 

सुरक्षाकर्मीले चेकजाँचलाई कडा पार्दा भद्रकाली, नयाँबानेश्वर,कोटेश्वर, लगनखेललगायत स्थानमा सवारीसाधनको पार्किङ अधिक भएको हो । 

लकडाउन उलंघन गर्ने क्रम बढेपछि गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालयलाई सोमबार सर्कुलर जारी गर्दै चेकजाँचमा कडाइ गर्ने निर्देशन दिएको छ । 

सर्कुलरमा पासबिनाका ससारीसाधन सञ्चालनमा पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिइएको छ । 

चेक जाँच कडा पार्न निर्देशन दिएसँगै राजधानीका मुख्य स्थान बाँनेश्वर, कोटेश्वर, भद्रकालीलगायत स्थानमा सवारी साधनको पार्किङको बाहुल्यता अधिक देखिन्छ । 

पछिल्लो समय प्रशासनबाट जारी भएको पासको दुरुपयोग बढ्नुका साथै पासबिना पनि राजधानीमा सवारीसाधन सञ्चालन हुने गरेको बताइन्छ ।

सरकारले गत चैत ११ देखि गरेको लकडाउन आगामी वैशाख २५ गतेसम्म कायम गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि