जेठ ०२, २०८१, बुधबार
               

लकडाउनमा सगरमाथा क्षेत्रमा मारियो छ वटा कस्तुरी

नेपाल फ्ल्यास
बैशाख १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६  कस्तुरी कस्तुरी मृत भेटिएका छन । निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा पासोमा झुण्डिएको अवस्थामा ती मृत फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ ।

मृत भेटिएकामध्ये एक पोथी, तीन भाले र दुई वटाको लिङ्ग पहिचान हुन नसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए । उनका अनुसार एक कस्तुरीको विना निकालिएको र दुईको शव नै सडेकाले त्यसको पनि  झिकेर लगेको अनुमान गरिएको छ । पहिचान हुन नसकेको कस्तुरी मृग घटनास्थलमै गाडिएको र अन्यको पनि मुचुल्का तयार पारी निकुञ्जको परिसरमै गाडिएको बताइएको छ । 

मृत कस्तुरीलाई खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण अधिकारी, नेपाल प्रहरी, नेपाली सेना र  निकुञ्जको टोलीको रोहवरमा मुचुल्का तयार पारी गाडिएको बताइएको छ । लकडाउनको मौका छोपी चोरी शिकार गरिएको हुन सक्ने निकुञ्ज प्रशासनले अनुमान गरेको छ । चोरी शिकारमा संलग्नको खोजी  जारी रहेको र शङ्का लागेका व्यक्तिमा निगरानी बढाइएको संरक्षण अधिकृत उपाध्यायले बताए । 

अन्य विभिन्न निकुञ्ज क्षेत्रमा वन्यजन्तुको गणना गरिए पनि सगरमाथा  निकुञ्जमा हालसम्म सो कार्य भएको छैन । विसं २०३२ मा  स्थापित सो निकुञ्ज एक हजार १४८ वर्ग किमीमा फैलिएको छ ।  

 


कस्तो लाग्यो ?

यो पनि