मंसिर ०७, २०८१, शुक्रबार
               

पोखरिया अस्पतालमा स्वचालित स्यानिटाइजिङ बुथ स्थापना

नेपाल फ्ल्यास
बैशाख १४, २०७७

ADVERTISEMENT

पर्साको जिल्ला अस्पताल पोखरियाको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजिङ बुथ स्थापना गरिएको छ । समाजवादी पार्टीका नेता निजामुद्दिन समानीको पहलमा समाजसेवी तारादेवी सरावगी र मुकेश सरावगीले सो बुथ स्थापना गरेका हुन्  । 

पोखरिया अस्पतालमा उपचार गराउन आउनेहरूलाई स्यानिटाइज गरेर अस्पतालभित्र प्रवेश गराउने उद्देश्यले सो बुथ स्थापना गरेको समाजसेवी सरावगीले बताए। अस्पताल भवनको प्रवेशद्वारमा स्थापना गरिएको सो बुथबाट एक व्यक्ति २० सेकेन्डमा स्यानिटाइज  हुने उनले बताए । 

उक्त बुथको प्रदेशसभा सदस्य प्रह्लाद गिरीले शनिबार शुभारम्भ गरेर पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवलाई हस्तान्तरण गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य गिरीले समाजसेवी सरावगीले गरेको यो कार्य प्रशंसनीय रहेको बताउँदै कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याए। 
    
    


कस्तो लाग्यो ?

यो पनि