मंसिर ०७, २०८१, शुक्रबार
               

आज पनि हावाहुरीसहित वर्षा हुने

नेपाल फ्ल्यास
बैशाख १४, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको जनाएको छ  । महाशाखाले आइतबार जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार हाल देशमा पश्चिमी, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ । 

हाल देशको केहि स्थानहरुमा सामान्य बदली भई वर्षा भइरहेको छ । आइतबार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा  मेघगर्जन, चट्याङ,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

राति  देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि