जेठ ०६, २०८१, आइतबार
               

प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर

नेपाल फ्ल्यास
बैशाख १२, २०७७

ADVERTISEMENT

काठमाडौं । गृह मन्त्रालयले आज केही प्रहरीलाई जिम्मेवारी हेरफेर गरेको छ । 

मन्त्रालयले जिम्मेवारीको हेरफेर गर्ने क्रममा काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी श्यामलाल ज्ञवालीलाई दिएको छ ।

मन्त्रालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा कार्यरत ज्ञवालीलाई गृह मन्त्रालयले सो जिम्मेवारी दिएको हो । 

त्यसैगरी मन्त्रालयले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको जिम्मेवारी एसएसपी दीपक थापालाई दिएको छ । 

थापा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखामा कार्यरत थिए ।

त्यस्तै, काठमाडौंका प्रहरी प्रमुख रहेका उत्तम सुवेदी र अपराध अनुसन्धान महाशाखाका सहकुलबहादुर थापा डिआइजीमा बढुवा भएका छन् ।

यो पनि