जेठ ०५, २०८१, शनिबार
               

आज पनि चट्याङ र वर्षाको खतरा

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । पूर्वानुमानमा महाशाखाले देशभर हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव  रहेको जनाएको छ । 

साथै, अहिले देशका पहाडी भू–भागमा सामान्य र तराईका भू–भागमा आंशिकदेखी सामान्य बदली रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य  बदली रहने छ । देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र मध्य र पश्चिमी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिक देखि सामान्य  बदली  रहि पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा र मध्य र पूर्वी भू–भागका थोरै  स्थानहरुमा  मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।


कस्तो लाग्यो ?

यो पनि