जेठ ०५, २०८१, शनिबार
               

बुबा बितेको चार दिनसम्म नेपाल प्रवेशको अनुमति पाएनन्

नेपाल फ्ल्यास
बैशाख १०, २०७७

ADVERTISEMENT

बुबा बितेको चार दिनसम्म पनि बैतडीका तीन मजदुरले नेपाल प्रवेश गर्न पाएका छैनन् । भारतीय क्वारेन्टाइनमा रहेका बेला ती मजदुरका बुबा बितेका हुन् ।   जिल्लाको पुर्चौडी नगरपालिकाका प्रेम धामी, अम्मर धामी र  राम धामीको बुबा बितेको चार दिन भए पनि नेपाल प्रवेश गर्न नपाएका हुन् ।

यता जिल्ला प्रशासन कार्यालय बैतडीले भने भारतीय  क्वारेन्टाइमा बसेका ती मजदुरलाई नेपाल ल्याउन पहल भएको  जनाएको छ । आइतबार बुबाको मृत्यु भएपछि उनीहरुलाई आज नेपाल भित्र्याइने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । घरमा बुबा बितेपछि उनीहरुलाई नेपाल भित्र्याउन भारतीय प्रशासनसँग समन्वय गरिसकिएको उनले बताए ।  

नेपाल भित्रिँदा स्वास्थ्य चेकजाँचलगायतका सम्पूर्ण प्रक्रिया पुर्‍याइने जनाइएको छ । उनीहरु तीनै जना पिथौरागढको गर्मेन्ट इन्टरमेडियट कलेजमा क्वारेन्टाइनमा बसिरहेका थिए । पाँच भाइमध्ये तीन भाइ भारतमा मजदुरी गरी फर्किरहेका बेला लकडाउन भएपछि सीमामै रोकिएका थिए । यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिकाका वासुदेव भट्टको आमाको पनि निधन भएपछि ६ दिनपछि नेपाल भित्र्याइएको थियो । 


कस्तो लाग्यो ?

यो पनि