जेठ ०५, २०८१, शनिबार
               

शिक्षकलाई ‘भर्चुअल’ माध्यमबाट तालिम

नेपाल फ्ल्यास
बैशाख १०, २०७७

ADVERTISEMENT

म्याग्दी । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को समयमा पनि शिक्षकका लागि अनलाइनबाट तालिम सञ्चालन गरिएको छ । 

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले ‘भर्चुअल’ माध्यमबाट देशका विभिन्न ठाउँमा रहेका शिक्षकलाई सम्पर्कमा जोडेर प्रविधिमैत्री तालमि सञ्चालन गरेको हो । सङ्गठनको पोखरा महानगर कमिटिले प्रदेश र केन्द्रीय समितिसँग समन्वय गरेर वैशाख ६ गतेदेखि तालिम सञ्चालन गरिरहेको छ ।

बन्दाबन्दीका कारण घरमै बसेका शिक्षकको क्षमता विकासका लागि प्रविधिको प्रयोग गरेर तालीम सञ्चालन गरिएको सङ्गठनका गण्डकी प्रदेश कमिटिका अध्यक्ष सोमनाथ ढुङ्गानाले जानकारी दिए । शिक्षकलाई नवीनतम शिक्षण विधि र प्रविधिको विषयमा विषय विशेषज्ञहरुले घरबाटै प्रशिक्षण दिने व्यवस्था मिलाएको सङ्गठनका महानगर समितिका अध्यक्ष भुवन सुवेदीले जानकारी दिए । 

जुम एप्लिकेसन प्रयोग गरेर हरेक दिन दिउँसो १ बजेदेखि ४० मिनेटसम्म तालीम सञ्चालन गरिएको छ । तालिमको चौथो दिनसम्म ८० शिक्षक यसमा आबद्ध भएका छन् ।

  तालिममा सहभागी म्याग्दीका शिक्षक मुक्ति पौडेलले घरमै बसेर नयाँ शिक्षण विधिका बारेमा सिक्ने अवसर पाएकोमा खुसी व्यक्त गरे


कस्तो लाग्यो ?

यो पनि