जेठ ०५, २०८१, शनिबार
               

वडाध्यक्षमाथि कुटपिट

नेपाल फ्ल्यास
बैशाख १०, २०७७

ADVERTISEMENT

जाजरकोट । जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई गए राति एक समूहले कुटपिट गरेको छ । 

कुटपिटबाट वडाध्यक्ष नेपाली घाइते भएका सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए । 

कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र जयनाथ योगीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । 

आक्रमणकारीको खोजीका लागि प्रहरी कार्यालय पञ्चालाबाट टोली खटिएको थियो । 

खानेपानीको व्यवस्था नगरेको भन्दै कुटपिट भएको बताइएको छ । 

घाइते अध्यक्ष नेपालीलाई उपचारका लागि सुर्खेत लगिएको बस्नेतले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि