मंसिर ०७, २०८१, शुक्रबार
               

गाउँपालिकाद्वारा उद्धार

नेपाल फ्ल्यास
बैशाख ०९, २०७७

ADVERTISEMENT

पर्सा । बन्दिपुर गाउँपालिकाले कोभिड–१९को जोखिम हुन नदिन लकडाउन  जारी रहेपछि समस्यामा परेका इँटाभट्टामा काम गर्न २५ जना मजदूरलाई घर पुर्‍याउन सहयोग गरेको छ ।

पर्साका ठोरीका ती मजदूरलाई यातायातको साधन व्यवस्था गरी घर पुर्‍याउन सहयोग गरेको गाउँपालिकाले जनाएको  छ । वडा कार्यालयमा आएर उनीहरुले घरसम्म पुप्याइदिन पटक पटक अनुरोध गरेपछि गाउँपालिकाबाट बजेट व्यवस्था गरी  उद्धार गरिएको  वडा १ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए ।  

हावाहुरीले ओतलाग्ने टहरो भत्काइ दिएपछि छिमेकीको घरमा शरण लिँदै आएको मजदुर माया तामाङले  बताइन् । हावाहुरी आउँदा छिमेकीकहाँ गएर बस्ने र हावाहुरी असिनापानी रोकिएपछि पुन आफ्नै स्थानमा आएर बस्ने गरेको उनले दुखेसो पोखिन् ।

आकाशमा गड्याङ गुडुङ गरेपछि दायाँबायाँ छिमेकी कहाँ गएर ओत लाग्नुपर्ने अवस्था रहेको  अर्का मजदुर प्रताप मुक्तानले सुनाए । उनले भने,' ज्यान जोगाउँ नै गाह्रो भएपछि घर फर्कने निर्णय गरेका हौँ । गाउँपालिकाले हाम्रो उद्धार गरेर ठूलो गुन लगाएको छ ।'

कोरोना भाइरसको जोखिम हुन नदिन अलपत्र परेका मजदुरलाई सुरक्षित तरिकाले घर पठाउने नीति सो गाउँपालिकाले लिएको जनाइएको छ । अलपत्र परेका मजदुरलाई उद्धार गरी घर पुर्याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

लकडाउनका कारण अलपत्र परेका  मजदुरलाई  बन्दिपुर– १ स्थित डुम्रे बजारबाट यातायातको व्यवस्था गरी घर पठाइएको  डुम्रे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक वीरेन्द्रप्रसाद खड्काले जानकारी दिए ।


 


कस्तो लाग्यो ?

यो पनि