मंसिर ०७, २०८१, शुक्रबार
               

देशभर चट्याङसहित असिना पानी, सतर्क रहन आग्रह

नेपाल फ्ल्यास
बैशाख ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज नेपालमा स्थानीय वायुको  प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

महाशाखाले हाल देशको अधिकांश स्थानमा सामान्य  बदली भइरहेको र  केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको जनाएको छ । साथै, सम्पूर्ण देशवासीलाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यसैगरी, महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य  बदली रहि केहि स्थानहरुमा  मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरेको छ । 

पूर्वानुमानमा उल्लेख भए अनुसार  देशभर आंशिकदेखि सामान्य  बदली  रहि थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।


कस्तो लाग्यो ?

यो पनि