जेठ ०५, २०८१, शनिबार
               

पसलमा आगलागी हुँदा बालकको मृत्यु

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

पाल्पा । चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुर बसपार्कको एक किराना पसलमा आगलागी हुँदा एक किशोरको मृत्यु भएको छ ।  आगलागीमा परी व्यवसायी  पूर्णबहादुर खनालका १६ वर्षीय छोरा समिरको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए । 

आगलागीबाट समिरको  घटनास्थलमै ज्यान गएको  तथा मृतकका बावुु ४५ वर्षीय पूुर्णबहादुर, आमा ४२ वर्षीया रुपा र निजका दाजु २१ वर्षीय सञ्जय घाइते भएको जनाइएको छ । घाइते तीनै जनालाई उपचारका लागि पाल्पाको मिसन अस्पताल प्रवासमा पठाइएको प्रहरीले जनाएको छ ।  

लकडाउनका समयमा सबै घरमै बसिरहेका अवस्थामा भएको आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।  शान्तिपुर बजारमा पसल सञ्चालन गर्दै आउनुभएका खनालको आगलागीबाट पसलका सबै सामग्री जलेर नष्ट भएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि