मंसिर ०७, २०८१, शुक्रबार
               

भोकै बस्नु परे १०१ मा फोन गर्नू

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । वीरेन्द्रनगर नगरपालिकाले विपन्न परिवारलाई राहत वितरणको लागि हटलाइन सेवा १०१ को व्यवस्था गरेको छ ।

लकडाउन(बन्दाबन्दी) का कारण भोकभोकै बस्नुपर्ने विपन्न परिवार, मजदुर तथा विद्यार्थीलाई राहत वितरणको लागि उक्त नम्बरको व्यवस्था गरिएको हो । 

कोरोना सङ्क्रमणको कारण गरिएको लकडाउनले समस्यामा परेका विपन्न वर्ग तथा मजदुरहरूको लागि हटलाइन नम्बरमा फोन गरेर आफ्नो समस्या राखेपछि नगरपालिकाले राहतको उपलब्ध गराउनेछ  । यस नम्बरमा फोन गर्दा शुल्क लाग्दैन ।

लकडाउनका कारण भोकै बस्न बाध्य विपन्न मजदूर तथा विद्यार्थीलाई मध्यनजर गरी उक्त हटलाइन नम्बरको व्यवस्था गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिए । ‘‘हटलाइनमा फोन आएको २४ घण्टाभित्र उक्त परिवारको अवस्थाबारे बुझ्न नगरपालिकाले खटाएको अनुगमन टोली जान्छन्,’’ उनले भने, ‘‘राहत दिन मिल्ने नमिल्ने विषयमा उक्त टोलीले अनुगमन गरेपछि सो परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था छ ।’’ 

पहिलो चरणमा १५ हजार विपन्न परिवार तथा मजदूरलाई राहत वितरण गरिसकिएको नगरपालिकाका कार्यबाहक प्रमुख मोहनमाया ढकालले बताए । उनका अनुसार त्यसैगरी अलपत्र परेका नागरिकहरुलाई खानाको व्यवस्था गरी गन्तव्य स्थानसम्म पुर्‍याउने काम भएको छ ।  नगरपालिकाका विभिन्न वडामा सङ्क्रमण फैलन नदिन औषधि छर्ने काम पनि गरिएको ढकालले बताए । 


कस्तो लाग्यो ?

यो पनि