मंसिर ०७, २०८१, शुक्रबार
               

राजमार्गमा रोकिएका पैदलयात्रीहरूलाई घर पठाइयो

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा रोकिएका पैदलयात्रीलाई आँबुखैरेनी गाउँपालिकाकाे समन्वयमा प्रहरीले उद्धार गरी घर पठाएको छ । 

गोरखा, लमजुङलगायत विभिन्न ठाउँमा काम गर्ने सर्वसाधारण हिँडेरै घर जान आँबुखैरेनी पुगेका उनीहरुलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीले आइतबार उद्धार गरी घर पठाएको हो ।

लकडाउनकै अवस्थामा घर हिँडेका उनीहरूलाई सल्यान र बर्दिया घर भएका उनीहरुलाई आँबुखैरेनी गाउँपालिकाको समन्वयमा सवारीसाधन खोजेर घर पठाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए । 

उनले भने, ‘सरकारले राजमार्गमा रोकिएका र अलपत्र परेकाहरुलाई उद्धार गर्न निर्देशन दिएपछि हिँडेर घर जान लागेका ४६ जनालाई उद्धार गरी घर पठाइएको हो ।’

उद्धार गरी घर पठाइएकाहरु अधिकांश विभिन्न जिल्लामा काम गर्ने मजदुर रहेको उनले बताए । 

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले बन्दाबन्दी घोषणा गरेपछि गुजारा चलाउन गाह्रो भएकाले हिँडेरै घरतर्फ जान लागेको सल्यानका अनिल बोहोराले बताए । 


कस्तो लाग्यो ?

यो पनि