जेठ ०५, २०८१, शनिबार
               

पैसा नदिएपछि छोरोले गरे बुबाको हत्या

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

धनुषा । धनुषामा गए राति एक युवकले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेका छन् ।  

शहीदनगर नगरपालिका–९ का ५५ वर्षीय सुखिया सदालाई आफ्नै छोरा ३० वर्षीय नथुनीले रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

घरायसी कुरामा झगडा परेपछि बुवाको टाउकामा रड प्रहार गरी छोराले हत्या गरेको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए । 

प्रहरीका अनुसार नथुनीले बुवासँग पैसा मागेको र नदिएपछि दुवै जनाबीच विवाद भएर झगडा भएको थियो । 

सोही क्रममा आवेगमा आएका नथुनीले रड लिएर सुखियाको टाउको पछाडि हानेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए । 

हत्या गरी फरार रहेका नथुनीलाई आज बिहान इलाका प्रहरी कार्यालय यदुकूहाको टोलीले पक्राउ गरेको छ । 

नथुनीलाई हिरासतमा लिएर थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक केसीले बताए ।


कस्तो लाग्यो ?

यो पनि