जेठ ०५, २०८१, शनिबार
               

जसले आफ्नै छोरीको हत्या गरे, यसरी खुल्यो घटनाको रहस्य

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

वीरगञ्ज । आफ्नै छोरीलाई झुण्ड्याएर मारेको आरोपमा एकजना पक्राउ परेका छन्। 

आफ्नी सात वर्षीया छोरीलाई झुण्ड्याएर मारेको आरोपमा वीरगञ्ज महानगरपालिका १ छपकैयाका २९ वर्षीय सञ्जय सर्राफ पक्राउ परेका हुन्। 

सात वर्षीया छोरी अंशुलाई घरमा झुण्ड्याएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सर्राफले गत चैत १२ गते घाँटीमा कपडाको पासो लगाएर घरको माथिल्लो कोठाको किलामा झुण्डाएर छोरीको हत्या गरेका थिए। 

हत्याको पोल खुल्ने भन्दै उनले छोरीले आत्महत्या गर्न लागेको भन्दै उपचारका लागि नारायणी अस्पातलमा लैजाँदा बाटामै मृत्यु भएको बताएका थिए।

तर प्रहरीले बालिकाले कसरी आत्महत्या गरिन् भनेर अनुसन्धान गर्दा हत्याको पर्दाफास भएको प्रहरीले जनाएको छ। 

त्यसपछि प्रहरीले आइतबार सर्राफलाई पक्राउ गरेर कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ। 


कस्तो लाग्यो ?

यो पनि