काठमाडाैं । पोखराबाट हिँडेरै बागलुङ हुँदै रोल्पा जान लागेका १४ मजदुरको उद्धार गरिएको छ ।
लकडाउन लम्बिँदै जान लाग्दा मजदुर भोकै पर्न थालेपछि नेपालका अधिकांश मजदुर हिँडैरै घर जान थालेपछि उनीहरुको उद्धार गरिएको हो ।
कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि दैनिक ज्यालादारीमा काम गर्ने मजदुर समस्यामा परेपछि
पोखराबाट हिँडेर बागलुङ जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ पुगेका मजदुरलाई शनिबार ढोरपाटन नगरपालिकाले उद्धार गरी रुकुम पुर्याइएको हो ।
ढोरपाटन नगरपालिकाले पैदल हिँडेर बुर्तिवाङ आएका १४ मजदुरलाई उद्धार रुकुम पुर्याएर छोडेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिए ।
पोखरामा विभिन्न स्थानमा भवन निर्माणको काम गर्दै आएका र बागलुङका विभिन्न स्थानमा सडक निर्माण गर्दै आएका आएका रोल्पा, रुकुम र सल्यानका मजदुरहरु पैदल यात्रा मार्फत शनिबार वुर्तिवाङ पुगेका थिए ।
मजदुरहरुलाई ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीको पहलमा सवारीसाधनको व्यवस्था गरि रुकुम जिल्लाको भुमे गाउँपालिकाको सीमानामा पु¥याएर छोडिएको उप–प्रमुख करमती पुन मगरले जानकारी दिए ।
हिँड्दाहिँड्दै खुट्टा सुन्निएर दयनीय अवस्थामा ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ पुगेका सल्यान कपुरकोटको एक महिला, सल्यान कपुरकोटको ६ पुरुष, रोल्पाको थवाङका छ पुरुष र रुकुमपश्चिमका एक पुरुषलाई सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर रुकुमको भूमे गाउँपालिकाको सीमाना पु¥याएर छाडिएको मगरले जानकारी दिए ।