मंसिर ०७, २०८१, शुक्रबार
               

लकडाउनका बेला विवाह गर्नेहरुलाई ससर्त अनुमति

नेपाल फ्ल्यास
बैशाख ०७, २०७७

ADVERTISEMENT

काठमाडाैं । कन्चनपुर जिल्ला प्रशासनल कार्यालयले लकडाउनकाे अवधिमा  जिल्लामा हुने विवाहलाई ससर्त अनुमति  दिने भएको छ । 

तर, विवाहका लागि जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको सिफारिस अनिवार्य लिनुपर्ने, सवारी साधनमा शुभ विवाहको ब्यानर राख्नुपर्ने, प्रहरीसँग समन्वय गर्नुपर्ने, बेहुला, बेहुली, पण्डित र पूजा सामग्री राख्ने र कमभन्दा कम व्यक्ति लिएर विवाह सम्पन्न गर्नुपर्ने, विवाहमा सहभागी हुने दुवैतर्फका जन्तीले सामाजिक दूरी कायम गर्नुपर्ने र कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी सावधानी अपनाउनुपर्ने जस्ता सर्त राखेको छ । 

साथै, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि सवारी साधन पासबिनै पनि सञ्चालन गर्न पनि दिने भएको छ । 

प्रशासनले कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूलाई जिल्लाभित्रै सवारी आवतजावत गर्न यस्ताे व्यवस्था गरेको हो । 


कस्तो लाग्यो ?

यो पनि