बैशाख २१, २०८१, शुक्रबार
               

राहत सामग्री लुट्ने पाँच पक्राउ

नेपाल फ्ल्यास
बैशाख ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमा देशभर लगाइएको लकडाउनको समयमा समस्यामा परेका सर्वसाधारणलाई वितरण गर्न लागिएको राहत सामग्री लुट्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्साको पर्सागढी नगरपालिकामा विपन्नलाई वितरण गर्न लगिएको राहत सामग्री लुटपाट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं ५ का श्याम कुमार शर्मा, सम्सुल हवारी, चन्द्रकिशोर शाह, चन्द्रिका पटेल र दर्शन रायभार रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र एकटाङ्गाको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई वीरगञ्जस्थित जिल्ला प्रहरी कार्यालय लगिएको छ । उनीहरूले शनिबार पर्सागढी नगरपालिका वडा नं ६ मा लैजाँदै गरेको राहत सामग्री लुटेका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि