असोज ०६, २०८१, आइतबार
               

मदिरा ओसारपसार गर्ने ट्रक नियन्त्रणमा

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

प्रतिकात्मक
ADVERTISEMENT

काठमाडौं ।  खाद्यान्न ढुवानी गर्ने भनेर सवारी पास लिएर मदिरा ओसारपसार ट्रकलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । ‘लकडाउन’का बेला पास लिएर मदिरा ढुवानी गरेको पाइएपछि प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको हो । 

कैलालीको धनगढीबाट मदिरा लिएर बैतडीको मैलाली बजार पुगेको अवस्थामा इलाका प्रहरी कार्यालय मेलौलीको टोलीले से१ख १५४९ नंको ट्रकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ट्रकबाट विभिन्न ब्राण्डका ४३ पेटी मदिरा बरामद गरिएको प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।  

ट्रक साहु उत्तमसिंह पुजारा र चालक रोशन पन्तलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यही वैशाख ४ गते धनगढीबाट खाद्यान्न ढुवानी गर्ने भन्दै मेलौली नगरपालिकाबाट गाडी धनीले पास लिएको बुझिएको छ । प्रहरी प्रमुख पाण्डेयले भने, “लकडाउनका बेला सवारी पासको दुरुपयोग गरेकाले गाडी धनी पुजारालाई कानूनअनुसार कारवाही हुन्छ ।” 

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक धनदेव जोशीको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले रातिको समयमा वैतडी भित्रिने मालवाहक सवारीलाई जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चेकपोष्टमा रोक्न खोज्दासमेत जबर्जस्ती गरेर राति नै चलाउन खोज्ने गरेको प्रहरीले जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि