असोज ०६, २०८१, आइतबार
               

विद्यार्थी परिषदले राष्ट्रव्यापी अनलाइन प्रतियोगिता गर्दै

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले विद्यार्थीहरूका लागि सात वटै प्रदेशमा विभिन्न विधामा अनलाइन प्रतियोगिता आयोजना गरिरहेको छ ।

लकडाउनका कारण गत चैत ५ गतेदेखि देशभरका विद्यालय बन्द छन् । यसको प्रत्यक्ष असर विद्यार्थीहरूलाई परेको छ । 

पठन पाठनको अभावले उनीहरूमा पर्न गएको प्रभावप्रति चिन्तन गर्दै परिषद्ले विद्यार्थीको रचनात्मक क्षमता, वौद्धिक स्तरको उन्नतिका साथै सिर्जनात्मक कार्यमा उनिहरू सक्रिय रहुन् भन्ने उद्देश्यले राष्ट्रव्यापी प्रतियोगिता गर्न लागेको परिषदका राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

साथै परिषदले अनलाइनबाट हुने विभिन्न प्रतियोगितामा सक्रिय सहभागिता जनाई आफ्नो बौद्धिक एंव सिर्जनात्मक क्षमताको विकास गर्न विद्यार्थीहरूमा आह्वान गरेको छ । 

अनलाइन माध्यमबाट हुने प्रतियोगितामा निबन्ध लेखन, कविता लेखन, हस्तलिखित अक्षर, वक्त्तृत्वकला र चित्रकला प्रतियोगिता समावेश गरेको छ । 

उक्त प्रतियोगितामा कक्षा ६ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागी हुन सक्नेछन् ।

जसका लागि विद्यार्थीले आफ्नो सिर्जना तयार गरी विभिन्न माध्यमबाट प्रेषित गर्न सकिने जनाएको छ । 

जसका लागि परिषदको फेसबुक पेज मा गएर उक्त जानकारी हेर्न सकिने परिषद्ले जनाएको छ । 

उक्त प्रतियोगिताको नतिजा दुई स्तरमा छनोट गर्ने बताइएको छ । 

पहिलो स्तरमा कक्षा ६ देखि ८ सम्म र दोस्रो स्तरमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीको प्रतिस्पर्धा रहने परिषदले जनाएको छ । 

उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीको लागि पुरस्कारको समेत व्यवस्था रहेको छ ।

यो पनि