असोज ०६, २०८१, आइतबार
               

लकडाउनमा भीडभाड हुन थालेपछि...

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

भक्तपुर नगरपालिकाले नगरभित्र लकडाउनको समयमा पनि भीडभाड हुन थालेपछि प्रहरीसँगै स्वयंसेवक परिचालन गरेको छ । 

नगरभित्र अत्यावश्यक किनमेलको समयमा पनि पासबाहेकमा मानिस घरबाहिर निस्किएपछि स्वयंसेवक परिचालन गरी टोलटोलमा खटाएको हो । 

एउटा वडामा ५० जना खटाएको छ भने आवश्यतानुसार परिचानका लागि ज्याकेटसहितका ५०० भन्दा बढी स्वयंसेवक तयारी अवस्थामा रहेको छ ।

स्वयंसेवकले स्थानीय भाषामा नै सम्झाइबुझाइ गरी अत्यावश्यक सामान किनमेलको लागि स्थानीयलाई नगरपालिकाले दिएको पासका आधारमा मात्र पठाउने र तरकारी बजार व्यस्थापन गराउने गरेको नगरप्रमुख प्रजापतिले जानकारी दिए । 

यसबाहेक नगरपालिकाले स्थानीय भाषामा प्रत्येक दिन माइकिङ गरी कोरोनासम्बन्धी जनचेतना जगाउँदै घर बाहिर ननिस्कनसमेत आग्रह गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि