जेठ ०३, २०८१, बिहीबार
               

अरनिको राजमार्गमा स्कारपियो दुर्घटना, पाँच जना घाइते

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काभ्रे । पाँचखाल नगरपालिका–८ चौउन्न किलोस्थित अरनिको राजमार्गमा भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

शुक्रबार बेलुका सिन्धुपाल्चोकबाट धुलिखेलतर्फ आउँदै गरेको बा११च १५४१ नंको स्कारपियो गाडी सडकबाट तल खस्दा पाँच जना घाइते भएका हुन् ।

घाइतेको धुलिखेल अस्पतालमा उपचार गरी त्यहाँबाट काठमाडौंस्थित ओम अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौं सुकेधारा बस्ने प्रनिशा खत्री, सोही ठाउँ बस्ने सरिता खत्री, हार्दिक खत्री, काठमाडौँ पेप्सिकोला बस्ने विष्णु पौडेल र भक्तपुर बस्ने शम्भुबहादुर तिमल्सिना घाइते भएको प्रहरीले जनाएको छ । 

स्कारपियो सडकबाट करिब २०० मिटर तल चाखोलामा खसेको थियो । 


कस्तो लाग्यो ?

यो पनि