जेठ ०२, २०८१, बुधबार
               

आर्मी हुँ भन्दै लाखौं ठगी गर्ने राजकुमार कारागार चलान

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

झापा । आर्मी हुँ, भन्दै ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ । 

आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै उनले पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने गरेका थिए ।

उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर नगरपालिकासमेत गरी १० जनाबाट जम्मा ५७ लाख ८६ हजार रुपैयाँ ठगी गरेको जाहेरी परेको थियो । 

सोही जाहेरीका आधारमा जिल्ला अदालतले शुक्रबार ६२ लाख ५० हजार धरौटी माग गरेको थियो । 

सोही मागबमोजिमको धरौटी राख्न नसकेको हुँदा उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
 
उनले पसलेलाई प्रलोभनमा पारी प्रदीप कार्की, राजन काफ्ले, दुर्गा कार्की हुँ भन्दै ठाउँअनुसार परिचय फेर्दै ठग्ने गरेको अनुसन्धानको क्रममा पाइएको उनको भनाइ छ । 

राउतका नाममा मोरङ, सुनसरी, उदयपुरलगायतका विभिन्न जिल्लामा समेत मुद्दा दर्ता भएको छ । 

उनी भद्रपुर नगरपालिका– १० मा बस्दै आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि