असोज ०६, २०८१, आइतबार
               

दक्षिणी सीमामा उच्च निगरानी

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडाैं ।  सरकारले मुलुकको दक्षिणी नाकामा सशस्त्रको सुरक्षा फौज थप गरी उच्च निगरानी बढाएको छ। 

सरकारले भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड–१९ को संक्रमण देखिएपछि निगरानी बढाइएको जनाएको हाे । 

सहज रुपमा हुने सीमा वारपार रोक्न सरकारी निर्देशनअनुसार सशस्त्र प्रहरी बल नेपालले सुरक्षा फौजलाई सीमामा केन्द्रित गर्न थालेको छ। 

हाल विभिन्न पहाडी तथा हिमाली जिल्लामा खटिएका र विभिन्न गणमा रहेको सशस्त्र प्रहरीलाई सीमाको सुरक्षामा हाल खटाइएको छ । 

यसअघि सीमा क्षेत्रमा नियमित एक सय २२ सीमा निगरानी पोस्ट (बिओपी) मा करिब तीन हजार सशस्त्र प्रहरी खटिएका थिए ।

रोगको जोखिम बढेसँगै हाल उक्त क्षेत्रमा आठ हजार पुर्‍याइएको छ । वैशाख १ गते हिमाली तथा पहाडी जिल्ला र विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी कर्मचारी कटौती गरी सीमामा खटाउन गृहमन्त्रीले निर्देशन दिएसँग त्यसको तयारी थालिएको प्रहरीले जनाएको छ । 

सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको १४ हजार २६३ जनशक्ति खटाइएकोमा अब आठ हजार तीन सय ८३ थप गरी २२ हजार ६४६ सुरक्षाकर्मी तैनाथ गरी सीमावर्ती जिल्लाको निगरानी थालेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले जानकारी दिए । 

‘अहिले सीमा क्षेत्रमा अस्थायीसहित एक हजार दुई सय १३ सुरक्षा निगरानी चौकी स्थापना भएको छ,’ उनले भने, ‘झन्डै डेढ किलोमिटरको दूरीमा सशस्त्रको पोस्ट स्थापना भएको छ । सुरक्षा फौज थपिएपछि सीमा आवतजावन प्रायः ठप्पजस्तै पारिएको छ ।’

सशस्त्र प्रहरीले अहिले सीमा क्षेत्रको आवतजावत रोक्न पैदल गस्ती, मोटरसाइकल साइकल, गाडी गस्तीसमेत गर्न थालेको छ  ।
प्रवक्ता श्रेष्ठले फाट्टफुट्ट उपचारका लागि जानेआउने केही होला भए आवतजावत पूर्ण रुपमा रोकेको बताए । 

साथै, उनले निगरानी चौबीसै घण्टा गर्ने गरी व्यवस्था मिलाएकाले गोरेटो बाटोबाट समेत छिर्न नदिएको बताए । 

यो पनि