असोज ०६, २०८१, आइतबार
               

चिकित्सक कुटपिट प्रकरणः महाराजगञ्जका डिएसपीलाई जिम्मेवारीबाट हटाइयो

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डिएसपी उमेशराज लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।

लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले चिकित्सकलाई कुटपिटको घटना सार्वजनिक भएपछि लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका तानिएको हो ।

बुधबार साँझ भएको घटनाबारे छानविनका लागि एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डिएसपी होविन्द्र बोगटी सदस्य रहेको समिति गठन भएको थियो ।

समितिको प्रतिवेदनका आधारमा चिकित्सक कुटपिटमा संलग्न प्रहरीमाथि कारबाही हुने भनिएको थियो । 

तर, समितिले अनुसन्धान थाल्नु अगावै लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।

रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले लम्साललाई छानबिनका लागि रानीपोखरी बोलाइएको जानकारी दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि