असोज ०६, २०८१, आइतबार
               

पूर्वका नाका सिल, आयात-निर्यात ठप्प

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतको केन्द्र सरकार र प्रदेश सरकार बीचको असहमतिको मारमा सीमावर्ती नेपाली बजार परेको छ । 

भारतको केन्द्र सरकारको नीतिविपरित पश्चिम बङ्गाल सरकारले भारतीय नाकाबाट नेपाल प्रवेश गर्ने सबै सवारी साधनलाई गत चैत २६ गतेदेखि बन्द गरिदिएको हो । 

त्यसको औपचारिक जानकारी भारतको केन्द्र सरकारलाई दिइएको छैन ।

पश्चिम बङ्गाल सरकारले नेपालतर्फ मात्रै नभएर बंगलादेश र भुटानका नाकाहरु पनि सिल गरेको छ । 

नेपालको सुतियापोखरी र पानीट्याङ्की भन्सार कार्यालयका साथै बंगलादेशतर्फको फूलबारी नाका र भुटानतर्फ जाने सबै नाका बन्द गरेको छ ।

मेची भन्सार कार्यालयमा प्रमुख ध्रुवराज विश्वकर्माले एक सातादेखि सो भन्सारबाट गाडी आउन नसकेको जानकारी दिए ।

‘२६ गतेदेखि यो नाका भएर गाडी प्रवेश गर्न दिइएको छैन । त्योभन्दा अघि ग्यास बुलेट र तरकारीहरु दैनिक रुपमा आइरहेको उनले बताए ।

यो विषयमा भन्सार विभाग, भारतस्थित नेपाली दूतावास र भारत सरकारलाई समेत जानकारी गराइसकेको उनले बताए ।

भारतको केन्द्र सरकारले भने आहिलेसम्म यसबारे आफूलाई केही जानकारी नभएको भनेको छ । 

तर पश्चिम बंगाल सरकारले भन्सार सबै भन्सार कार्यालयलाई पत्र पठाएर कोरोनाभाइरस महामारीको अन्त्य नभएसम्म भन्सार सिल गर्न निर्देशन दिएको आफूहरुलाई जानकारीमा आएको समेत भन्सार प्रमुख विश्वकर्माले बताए ।


कस्तो लाग्यो ?

यो पनि