असोज ०६, २०८१, आइतबार
               

प्रहरीले चिकित्सक कुटेकोबारे छानविन समिति गठन

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको महामारीसँगै जनताको लागि उपचारमा खटिएका तीन जना चिकित्सकलाई प्रहरीले कुटपिट गरेकोमा राष्ट्रिय आवासीय चिकित्सक संघले आपत्ती जनाएसँगै छानविन समिति गठन भएकाे छ ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन जना चिकित्सकमाथि ड्यूटी सकेर फर्किने क्रममा महाराजगञ्जको कान्ती अस्पतालमा पछाडि ओरालोमा बुधबार बेलुका प्रहरीले कुटपिट गरेको राष्ट्रिय आवासीय चिकित्सक संघले विज्ञप्तिमार्फत जनाएको छ ।

कुटपिट गर्ने प्रहरीमाथि कारबाही प्रक्रिया अघि नबढाए कडाभन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत जनाइएको छ ।
संघका अध्यक्ष डा. अनुप उप्रेती र सचिव बादल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘परिचय पत्र देखाउँदा र अस्पतालबाट फर्केको अवगत गराउँदा समेत लाठी चार्ज र गाली गलौज गर्ने प्रहरीलाई छानविनको दायरामा ल्याउन र कारबाही अगाडि बढाउन आह्वान गर्दछौं ।’

साथै, चिकित्सक संघले विज्ञप्ति सार्वजनिक गरेपछि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले छानविन समिति गठन गरेको छ । वरिष्ठ प्रहरी एसएसपी किरण बज्राचार्यको नेतृत्वमा गठन भएको उक्त छानविन समितिमा महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुका प्रहरी उपरीक्षक मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी रहेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि