मंसिर ०७, २०८१, शुक्रबार
               

अबदेखि मृत्यु संस्कारका लागि मात्र सवारी पास

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुने प्रयोजनबाहेक सवारी पास वितरण नगर्ने भएको छ । 

लकडाउन उल्लंघन हुने भन्दै प्रशासनले मृत्यु संस्कारमा सहभागी हुनेबाहेक कामका लागि बाहेक सवारी पास नदिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । 

लकडाउन प्रभावकारी पार्न बुधबार (आज)बाटै लागू हुनेगरी सवारी पास वितरण रोकिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए । 

लकडाउनमा अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि प्रशासनले पास वितरण गर्दै आएको थियो । मंगलबारबाट उसले अनलाइनमार्फत इ–पास लिन सकिने व्यवस्था मिलाएको थियो ।

अत्यावश्यक खाद्यान्न, तरकारी ढुवानीलगायत कामका लागि भने अनलाइनमार्फत पास वितरण हुने प्रशासनले बताएको छ । 

यो पनि