मंसिर ०७, २०८१, शुक्रबार
               

बालबालिकाको ज्यान लिने चितुवा पासोमा

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

तनहुँ । बन्दीपुर गाउँपालिका–४ स्थित लोहीपाखामा पासो बनाइ राखिएको खोरमा आज बिहान एक चितुवा फेला परेको छ । चितुवाबाट धेरै बालबालिकाको ज्यान गएपछि डिभिजन वन कार्यालयले काठको खोरमा पासो थापेको थियो । 

खोरमा परेको यो आठौँ चितुवा रहेको वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । सोही क्षेत्रमा गत माघ १३ गते चितुवाको आक्रमणबाट ११ वर्षीय इशाक विश्वकर्माको ज्यान गएको थियो ।

पासो थापेको खोरमा चितुवा फेला परेको जानकारी प्राप्त भएको र आफू त्यसतर्फ जाने तयारी गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा ९ जना बालबालिकाको मृत्यु हुनुका साथै  सात घाइते भएको  डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए । वन कार्यालय र सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाका १६ स्थानमा १६ खोर निर्माण गरी राखिएको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि