जेठ ०७, २०८१, सोमबार
               

बाजुरामा बाढीः १०० बाख्रा र चार गोरु बगाए

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

फाइल तस्विर
ADVERTISEMENT

मार्तडी । बाजुराको उत्तरपूर्वी भेगको हिमाली गाउँपालिका–७ बाँधुमा मङ्गलबार बिहानको अविरल वर्षाका कारण आएको हाउडी खोलाको बाढीले बगाएर तीन परिवारका १०० भन्दा बढी बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

सोही गाउँपालिकाको–७ बाँधुको हाउडी खोला नजिकै पालमुनि राखिएका बाख्रामध्ये ४० बाख्रा मृत अवस्थामा भेटिएको र ७० बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिए । 

उनका अनुसार सोही वडाका स्थानीय विष्णुप्रसाद तिमिल्नसेनाको ३८ वटा, दत्त तिमिल्सेनाका १६ वटा, धनलाल तिमिल्सेनाका ४० वटा र महेन्द्र कार्कीका २० बाख्रा बाढीले बगाएको थियो । 

मङ्गलबार बिहान अविरल वर्षासँगै आएको बाढीले  महेन्द्र कार्कीका २० र दत्त तिमिल्सेनाका १२ वटा बाख्रा घाइते भएका छन् । 

बाख्रा हेर्न पालमा बसेका ३८ वर्षीय दत्त तिमिल्सेना र ४० वर्षीय महेन्द्र कार्कीसमेत घाइते भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घाइते भएका दुवैलाई बाँधु स्वास्थ्य चौकीमा सामान्य उपचारपछि  घर फर्काइएको छ । 

यस्तै सोही गाउँँपालिका–६ धीममा रहेको छेउखिउने खोलाबाट आएको बाढीले सोही वडाका स्थानीय मेघराज पाण्डेय र विष्णुचन्द्र जोशीको चार गोरु बगाएर प्रहरीको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि