कैलाली । कैलालीमा एक किशोरीलाई सामूहिक बलाकार गरेकाे अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नयाँ वर्षकै राति जिल्लाको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । आफन्तलाई भेटेर घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेको उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।
घटनामा संलग्नको आरोपमा ४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।