जेठ ०५, २०८१, शनिबार
               

श्रीमान‍्काे हत्या गर्ने पक्राउ

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

आफ्नै श्रीमान‍्लाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।

खोटाङको बराहपोखरी गाउँपालिका–१ खुर्सानेका ५० वर्षीय श्रीमान् छकुमार राईको हत्या गरेको अभियोगमा ५० वर्षीया मेनुका राई पक्राउ परेकी हुन् । मेनुकाले सोमबार खुकुरी प्रहार गर्दा छकुमारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिए । 

राईको शव परीक्षणका लागि उदयपुर जिल्ला अस्पताल गाईघाट पठाइएको छ । मेनुकाले श्रीमान‍्काे टाउको, ढाड लगायत विभिन्न ठाउँमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकी मेनुकाविरुद्ध कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेर कारवाही थालिएको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि