असोज ०६, २०८१, आइतबार
               

आजको मौसम चट्याङसहित वर्षा

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुकोसमेत आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार पहाडी भू–भागमा मेघगर्जन तथा चट्याङ र हावाहुरीसहित वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मंगलबार बिहान देशको पश्चिमी पहाडी भू–भाग तथा पूर्वी भू–भाग आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। साथै देशको मध्य भू–भागमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने  देशका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू–भागमा आंशिक बदली  रहने छ भने मध्य र पश्चिमका पहाडी भू–भागका थोरै स्थानहरूमा र पूर्वका एक दुइ स्थानमा मेघगर्जन तथा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि