असोज ०६, २०८१, आइतबार
               

लकडाउनको नाममा काठ तस्करी

नेपाल फ्ल्यास
बैशाख ०१, २०७७

ADVERTISEMENT

कञ्चनपुर । कोरोना भारइस नियन्त्रणका लागि मुलुकभर लकडाउन भइरहँदा कञ्चनपुरमा भने वन्यजन्तु तथा काठ तस्कर गर्ने गिरोह सक्रिय बनेको छ ।

यहाँका निकुञ्ज तथा राष्ट्रिय वनमा लकडाउनको समयमा काठ तस्करीमा संलग्न व्यक्तिलाई काठसहित धमाधम पक्राउ गर्न थालिएको छ । यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाल सेनाले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सालका काठ काटिरहेको अवस्थामा तस्करीमा संलग्न गिरोहलाई यहाँको विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।

निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको देवीदल गण मझगाउँ ब्यारेकले दुई सातामा १०३ भन्दा बढीलाई नियन्त्रणमा लिई कारवाहीका लागि शुक्लाफाँटा निकुञ्जको कार्यालय पठाएको छ । तीन दिनअघि शुक्रबार अवैधरूपमा निकुञ्जभित्र प्रवेश गरेर अवैधरूपमा सालको रुख काट्ने चार जनालाई नियन्त्रणमा लिइएको देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यातले जानकारी दिए। ‘हामी संरक्षणकर्मी भनेर सक्रियता देखाउने पनि यो अवधिमा काठ तस्करीमा संलग्न देखिए’, उनले भने, ‘अवैध क्रियाकलापमा संलग्न कसैलाई छोडिँदैन ।’

उनकाअनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा इँटाभट्टामा धानको भुसभित्र लुकाएर राखेको अवस्थामा अर्जुनी ब्यारेकले ४२३ घनफिट काठ बरामद गरेको छ । 

  


कस्तो लाग्यो ?

यो पनि