जेठ ०५, २०८१, शनिबार
               

छोराले गरे बुबाको हत्या

नेपाल फ्ल्यास
चैत ३०, २०७६

ADVERTISEMENT

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज छोराले बुबाको हत्या गरेका छन् । कृष्णपुर नगरपालिका–४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । 

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार घरायसी विवादमा छोराले बुबाको हत्या गरेको प्रारम्भिक जानकारीमा आएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पनि घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेल घटनास्थलतर्फ जाँदैछन् । बुबाको हत्या गर्ने छोरालाई इप्रका झलारीले झलारीले नियन्त्रणमा लिइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि