असोज ०६, २०८१, आइतबार
               

ब्युँत्यदै मानापाथी अभियान

नेपाल फ्ल्यास
चैत २८, २०७६

ADVERTISEMENT

काठमाडौँ । आपतविपद्मा एकअर्कामा सहयोग गर्ने ‘मानाथी’को प्रचलन हराइसकेको अवस्थामा यहाँको वाग्मती नगरपालिकाले सो प्रचलनलाई  शुरुआत गरेको छ ।

कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन  लकडाउन जारी गरिएपछि समस्यामा परेका अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्न मानापाथी अभियान शुरु गरेको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए।

बिहीबारदेखि सुरु भएको सो अभियानमा प्रदेशसभा सदस्यदेखि  खानेपानी उपभोक्ता समितिसम्मले सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

प्रदेशसभा सदस्य डिल्लीप्रसाद उपे्रतीले ५ क्विन्टल चामल, तथा ढुंगे्रखोला बृहत खानेपानी उपभोक्ता समितिले बीस क्विन्टल चामल, १ क्विन्टल दाल र २ क्विन्टल नुन प्रदान गरेको छ ।

यसैगरी रामजानकी साना किसान कृषि सहकारी संस्था धरहराले १५ हजार १०५ रुपैयाँ नगद प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विपन्न परिवारलाई खाद्यान्न समस्या नहोस् भन्नाका लागि सो अभियान थालनी गरेको र अभियान जारी रहेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि