असोज ०६, २०८१, आइतबार
               

तनहुँमा जिप दुर्घटना

नेपाल फ्ल्यास
चैत २८, २०७६

ADVERTISEMENT

तनहुँमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान स्करपियो (जिप) दुर्घटना भएको हो ।

काठमाडौंबाट पर्वत जाँदै गरेको बा२झ ४२२२ नंको जिप दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।

स्वास्थ्य सामग्री लिएर फर्कँदै गरेको पर्वतको जलजला गाउँपालिकाको जिप सडकबाट अनियन्त्रित भएर पल्टिएको थियो ।

घाइतेहरुको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि