असोज ०६, २०८१, आइतबार
               

चोरीका गहनासहित बाबुछोरा पक्राउ

नेपाल फ्ल्यास
चैत २७, २०७६

ADVERTISEMENT

धनगढी उपमहानगरपालिका– १ स्थित विनोदकुमार वर्माले सञ्चालन गरेको प्रिया सुनचाँदी पसलबाट चोरी गरेका सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

कारागार नजिकै रहेको सुनचाँदी पसलबाट गएराति पाँच वटा सुनका टप र चाँदीका गहना चोरीमा संलग्न सोही ठाउँका ४५ वर्षका पप्पु गुप्ता र उनका २० वर्षका छोरा पवन गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नतेले जानकारी दिए ।

गुप्ताले घरको छतमा रहेको पानी ट्याङ्कीभित्र लुकाएका अवस्थामा चोरीका सामान बरामद गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । सुनचाँदी पसलका सञ्चालक वर्माका अनुसार १० लाख जतिका गहना चोरी भएको छ ।

कारागार जाने बाटो चोकमा ठेला राखी फलफूल तथा तरकारी बिक्री गर्दै आएका निज पप्पुमाथि यसअघि पनि लागुऔषधसम्बन्धी सार्वजनिक अपराधमा मुद्दा चलेको बताइएको छ । यस्तै उपमहानगरपालिकाकै फूलबारीमा पाँच जनाको घरबाट पनि पानी तान्ने मोटर चोरी भएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि