जेठ ०५, २०८१, शनिबार
               

गोली हानी श्रीमतीको हत्या

नेपाल फ्ल्यास
चैत २७, २०७६

ADVERTISEMENT

बाजुरा । बाजुरामा एक महिलाको गोली हानी हत्या भएको छ । 

गौमुल गाउँपालिका ४ निवासी ३३ वर्षीया सुन्तु रोकायालाई भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको हो ।

सुन्तुलाई उनका श्रीमान ४० वर्षीय गोरख रोकायाले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

भैंसी गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अवस्थामा सुन्तुको शव फेला परेपछि आज बिहान मात्र माइती पक्षले प्रहरीलाई जानकारी दिएको थियो ।

माइतीले जानकारी दिएलगत्तै गौमुल गाउँपालिकाको केन्द्र घटमुना प्रहरी चौकीबाट प्रहरी टोली गएको र मृतकका श्रीमान गोरख रोकाया र एक थान बरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मृतक सुन्तुको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ । 

गौमुलको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालिसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि