जेठ ०५, २०८१, शनिबार
               

कपिलवस्तुमा आगलागी हुँदा ३९ घर नष्ट

नेपाल फ्ल्यास
चैत २१, २०७६

ADVERTISEMENT

विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भएको छ ।  गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आगोले खरले छाएको  घरमा छोई आगलागी शुरु भएको थियो ।  आगोले गाउँका पूरै घर जलेका छन् ।   

गाउँको उत्तरदेखि सुरु भएको आगो हावाको बहावसँगै पूरै गाउँमा फैलिएको थियो । आगोबाट कुनै पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए ।

आगलागीबाट करीब  एक करोडको नोक्सान भएको स्थानीयवासीले बताएका छन् । अग्निपीडतको वास्तविक क्षति विवरण प्रहरीले संकलन गरिरहेको छ । अग्निपीडितहरुको राहतका लागि विजयनगर गाउँपालिकाले व्यवस्थापन गरिरहेको वडा नंं १ का  वडाध्यक्ष इन्दर थारुले जानकारी  दिए ।

कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकाले तौलिहवाको दमकल आउन ढिलाइ भएको थियो । पूरै गाउँ खरानी भएपछि तौलिहवाको दमकल गुगौली पुगेको थियो । तौलिहवा   र गुगौलिको दूरी करीब ५० किलोमिटर  छ ।


कस्तो लाग्यो ?

यो पनि