जेठ ०५, २०८१, शनिबार
               

मध्यरातमा काठमाडौंमा भीषण आगलागी (तस्विरसहित)

नेपाल फ्ल्यास
चैत २०, २०७६

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ स्थित नर्सरी चोक (नयाँबजार) मा रहेको एक फर्निचर पसलमा आगलागी भएको छ ।

स्थानीय सबिन श्रेष्ठका अनुसार बुधबार राति करिब ११ः३० बजे आगलागी भएको हो ।

फर्निचर पसलमा लागेको आगो (फर्निचर पसलसँगै रहेको) एक होटल र एक तरकारी पसलमा समेत लागेको थियो । 

आगलागीबाट फर्निचर पसलमा रहेका सबै फर्निचर जलेर खरानी भएका छन् । साथै सँगैको एक होटल तथा तरकारी पसल पनि जलेर नष्ट भएको छ ।

आगलागीबाट कुनै मानविय क्षति भने भएको छैन । सरकारले लकडाउन घोषणा गरेपछि उक्त फर्निचर पसल बन्द रहेको थियो ।

बन्द फर्निचर पसलमा के कारणले आगलागी भायो भन्ने यकिन नभए पनि विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।

प्रहरी, स्थानीय तथा ६ वटा दमकलको सहायताले आगो नियन्त्रणमा आएको थियो । सुरुमा दुई वटा दमकलले आगो नियन्त्रणमा लिन नसकेपछि थप दमकल मगाइएको स्थानीय सबिन श्रेष्ठले जानकारी दिए  ।

आगो करिब १ः३० बजेतरि नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

तस्विरः सविन श्रेष्ठ


कस्तो लाग्यो ?

यो पनि