बैशाख २४, २०८१, सोमबार
               

सिपाही भोकैप्यासै, कमान्डर फोटो सेसनमा !
डिआइजीनै 'चेन अफ कमान्ड' बाहिर

नेपाल फ्ल्यास
चैत २०, २०७६

ADVERTISEMENT

काठमाडौँ । लगभग सिङ्गो विश्व जगत् नै आक्रान्त पारिरहेको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन । यसको दीर्घकालीन असरलाई मध्यनजर गर्दै नेपाल सरकारले देशलाई ‘लकडाउन’ घोषणा गर्‍यो । यसलाई पूर्ण रूपमा कार्यान्वयन गराउन सरकारले आफ्ना सबै सुरक्षा निकायहरूलाई आवश्यकता अनुसार परिचालन गरेको छ । सरकारको निर्णय पूर्ण रूपमा सफल बनाउने अभियानमा काठमाडौँ उपत्यकाका प्रहरीहरू कठिन ड्युटी गरिरहेका छन् ।

आवश्यक परेका बेलामा खाना र पानीसमेत नपाई कतिपय त विना मास्क र पन्जा ड्युटी गर्नुपर्ने अवस्थामा छन् । तर उपत्यका प्रहरीको कमान्ड सम्हालेका महानगरीय प्रहरी कार्यालयका आयुक्त डिआइजी विश्वराज पोखरेल भने पदको दुरुपयोग गर्दै व्यापारीसँग चामल मागेर आश्रममा वितरण गरी फोटो सेसनमा रमाइरहेका छन् ।

उनले आफूलाई प्रहरीको भावी आइजी बताउँदै विभिन्न बैङ्क, वित्तीय संस्था र व्यापारिक प्रतिष्ठानहरूलाई दबाब दिएर चन्दा सङ्कलन गरिरहेको समाचारहरू बाहिरिन थालेका छन् । चन्दा सहयोगको नाममा उनले कमाउधन्दालाई उत्कर्षमा पुर्‍याएका छन् ।

उनले बैङ्कका अलावा कालिमाटीको राजेश खाद्यान्न स्टोरका मालिक राजेश अग्रवालसँग २५ बोरा चामल मागेर आश्रममा वितरण गरेको खुलासा भएको छ । सो अवसरमा खिचाइएका तस्बिर आफ्ना सहयोगीमार्फत विभिन्न सञ्चारमाध्यममा छपाएका छन् ।

उनले आफूलाई प्रहरीको भावी आइजी बताउँदै विभिन्न बैङ्क, वित्तीय संस्था र व्यापारिक प्रतिष्ठानहरूलाई दबाब दिएर चन्दा सङ्कलन गरिरहेको समाचारहरू बाहिरिन थालेका छन् । चन्दा सहयोगको नाममा उनले कमाउधन्दालाई उत्कर्षमा पुर्‍याएकोमा सहकर्मीहरू चकित परेका छन् । आफ्नो पदीय दायित्वलाई बेवास्ता गर्दै चन्दा असुल्दा उनी थप विवादित बनेका छन् । डिआइजीको काम, कर्तव्य र अधिकारको धज्जी उडाउँदै व्यवसायीलाई दबाब दिएर विभिन्न सामग्री लिने क्रम जारी छ ।

‘हाम्रा हाकिमलाई समाजसेवा गर्ने भूत सवार भएको हो भने राजीनामा दिएर समाजसेवामा लागे भइहाल्यो नि !’ तातो घाममा ड्युटीमा खटिएका एक प्रहरीले आक्रोश पोखे, ‘पहिले त उहाँले हामीलाई यस्तो परिस्थितिमा सङ्क्रमणबाट बचाउन आवश्यक न्यूनतम सामग्रीहरूको व्यवस्थापन गर्नुपर्ने हो ।’

‘सबै प्रहरी यसरी नै राहत र फोटो सेसनमा जाने हो भने प्रहरीले गर्नुपर्ने काम चाँहि ‘सेलिब्रेटी’हरूले गर्ने ! चन्दा उठाउने, राहत बाँड्ने, फोटो सेसन गर्ने रहर त सबलाई होला ! सस्तो लोकप्रियतासँगै ‘पकेटमनी’ पनि हुने !’ अर्का एक प्रहरी अधिकारीले प्रतिप्रश्न गरे ।

सडकमा खटिने सिपाहीले खाजा खान पाएको छैन, विभिन्न गैरसरकारी सङ्घ-संस्था, व्यावसायिक प्रतिष्ठान र व्यक्तिगत सहयोगबाट खाजा-पानी चलेको छ । उता  डिआइजी भने सस्तो लोकप्रियताका लागि चामल बाँड्दै हिँड्नु लज्जास्पद भएको एक प्रहरी अधिकृतले बताए । ‘व्यापारीसँग चामल वा कुनै सामग्री लिनु नै थियो भने दिनरात खटिने सिपाहीका लागि लिएको भए हुन्थ्यो नि, उनले थप आक्रोशित हुँदै भने, ‘डिआइजी विश्वराजका गैरजिम्मेवार गतिविधिका कारण सो पदको गरिमा मात्रै होइन सिङ्गो प्रहरी सङ्गठनको बेइज्यत भइरहेको छ ।’

गृह मन्त्रालयले मातहतका कार्यालय र सम्बन्धित अधिकारीलाई राहतका नाममा कुनै पनि किसिमको सहयोग नलिनु भनेर परिपत्र नै गरिसकेको अवस्था हो अहिले । तर डिआइजी पोखरेलले त्यो परिपत्रको पूर्ण रूपमा अवज्ञा गर्दै आएका छन् । आफूलाई भविष्यको आइजिपी बताउँदै सकेको बटुल्न व्यस्त देखिएका छन् । उनको फुर्ति यतिसम्म बढेको छ कि, गृहसचिवलाई समेत मुख्य सचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको आदेश भनेर सहजै धम्की दिने गरेकोप्रति गृह मन्त्रालयका एक अधिकारीले रोस प्रकट गरेका छन् । ती अधिकारीले डिआइजी पोखरेलले ‘फोर्स’को अनुशासन र ‘चेन अफ कमान्ड’ तोडेको आरोप लगाए ।

पोखरेलले ‘मिडियामा स्टन्ट’का लागि सङ्गठनको सामान्य ‘नम्स् र इथिक्स्’को हुर्मत लिने काम गरेका छन् । उनी आफैँ सडकमा गएर सर्वसाधारण नागरिकलाई कर्फ्यु नै उल्लङ्घन गरेजस्तो अङ्कुशे लगाएको फोटो सञ्चारमाध्यममा दिने गरेका छन् । सिपाहीले गर्ने काम डिआइजीले गरेको देख्दा जुनियर प्रहरी अधिकृत लाजले भुतुक्क भएका छन् ।

‘डिआइजी सा’ब नै सडकमा आएर सर्वसाधारणलाई अङ्कुशे लाउँनु के जरुरी छ ? ढुंगामुढा गरेको भए डिआइजी भिड्न आउँथे ?’ ती जुनियर प्रहरी अधिकृतले प्रश्न गरे । ढुंगामुढा, भिडन्तबाट सधैँ टाढा रहने पोखरेल सस्तो लोकप्रियताका लागि बटुवालाई अङ्कुशे लगाउन बानेश्वर पुगेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । ‘माओवादी सशस्त्र द्वन्द्वका बेला घरमाथिबाट हाम्फालेर ढाड खुस्काएको अस्ति जस्तो लाग्छ !’ उनले ती अधिकृतले भने- त्यसबेला पोखरेल काठमाडौँको घट्टेकुलोमा डेरा गरी बस्थे ।

चाकडी चाप्लुसीमा निपूर्ण पोखरेल त्यही खुबीका कारण आफूभन्दा दुई ब्याच सिनियर एसएसपीलाई पछि छोडेर डिआइजी बढुवा भएका हुन् । उनी सधैँ अतिरिक्त आम्दानी गर्ने ठाउँमा बस्दै आएका छन् । कहिल्यै पनि दुर्गम जिल्लामा गएनन् ।

सधैँ शक्ति केन्द्रको वरिपरि घुम्ने पोखरेल डिएसपी छँदा बानेश्वर वृत्त, ट्राफिक महाशाखा रामशाहपथ हुँदै प्रधान कार्यालयको प्रबन्ध शाखामा बसेर जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका थिए । ती ठाउँहरू उनका लागि आर्जनको स्वर्ण युग बनेको प्रहरी अधिकृतहरू नै बताउछन् ।

जिप्रका मोरङको जग्गा खरिदमा पनि राम्रो आम्दानी गरेको त्यतिबेलै मोरङमै पोस्टिङ भएका एक अधिकृतले बताए । त्यसपछि उनी अझ आकर्षक मानिने प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाको प्रमुख भएका थिए । त्यहाँबाट एसएसपीमा बढुवा भएर महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुख हुने अवसर पाए । 'रकेट चढेर' डिआइजी भएका उनी त्यसपछि तत्कालीन आइजिपी सर्वेन्द्र खनालको सहयोगले प्रहरी प्रवक्तामा नियुक्त भए । शक्ति केन्द्रका कमीकमजोरीमा खेल्न जानेका विश्वराजले प्रवक्ताबाट महानगरीय प्रहरी कार्यालयको आयुक्तमा सरुवा गराए । तिनै शक्ति केन्द्रहरूलाई खेलाएर उनी एआइजी हुँदै आइजिपी बन्ने चलखेलमा लागेका छन् ।

 

यो पनि