असोज ०६, २०८१, आइतबार
               

एम्बुलेन्सले ठक्कर दिँदा स्वास्थ्यकर्मीको मृत्यु

नेपाल फ्ल्यास
चैत १९, २०७६

ADVERTISEMENT

सुनसरी । सुनसरीकाे इनरुवामा एम्बुलेन्सको ठक्करबाट एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको छ । को१च ९६०५ नंको एम्बुलेन्सले ठक्कर दिँदा ३५ वर्षीया रत्ना श्रेष्ठको मृत्यु भएको हो ।

को१६प २०६४ नम्बरको स्कुटरमा रहेकी श्रेष्ठलाई विपरीत दिशाबाट आएको एम्बुलेन्सले ठक्कर दिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

बुधबार बिहान पूर्व-पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेकी उनलाई एम्बुलेन्सको ठक्कर दिएपछि उपचारका लागि अस्पताल लाने क्रममा रत्नाकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

एम्बुलेन्स चालक सुन्दरहरैचा ४ बस्ने बर्ष ४० का चन्द्रबहादुर राईलाइ इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि