असोज ०६, २०८१, आइतबार
               

स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

नेपाल फ्ल्यास
चैत १८, २०७६

ADVERTISEMENT

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिम जाँदै गरेको बा६६प ४६८३ नंको स्कुटर विनयी त्रिवेणी गाउँपालिका–१ को वन कार्यालय नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक अर्घाखाँचीको ठाडा गाउँपालिका–३ घर भएका ३८ वर्षीय पदमबहादुर केसीको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाका अनुसार मोटरसाइकल दुर्घटनामा गम्भीर भएका केसीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । 

स्कुटरको पछाडि बस्ने गुल्मीको रेसुङ्गा नगरपालिका–७ का ३८ वर्षीय नेत्रबहादुर थापा क्षेत्रीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । 

स्कुटरको गति तीव्र भएका कारण अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरी निरीक्षक थापाले बताए । 


कस्तो लाग्यो ?

यो पनि