असोज ०६, २०८१, आइतबार
               

दुर्घटनामा घाइते दुई जनाको उपचारको क्रममा मृत्यु

नेपाल फ्ल्यास
चैत १८, २०७६

ADVERTISEMENT

काठमामडौं । रामेछापको खाँडादेवी-१ राकाथुममा  भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

दोरम्बा गाउँपालिका ३ का ४० वर्षीय गोपीलाल पहरी र सोही गाउँपालिका वडा नम्बर २ की २५ वर्षीया संगिता पहरीको उपचारको क्रममा मृत्यु भएको हो ।

मंगलबार बिहान भएको दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । 

भक्तपुरबाट रामेछापको दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ को जिप दुर्घटना भएको हो ।

जिपमा भक्तपुर क्षेत्रमा मजदुरी काम गर्दै आएका मानिसहरु रहेको खुल्न आएको छ ।

लकडाउनपछि अलपत्र परेका मजदुरहरु राति जिपमा रामेछास्थित आ–आफ्नो घर फर्किन लागेका थिए ।

चालकले स्थानीय प्रशासनसँग अनुमति लिएर रामेछाप आएको बताए पनि अनुमति लिएको पुष्टि नभएको प्रहरीले बताएको छ ।

जिप सडकदेखि करिब १ सयमिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि