भक्तपुर । भक्तपुरको सूर्यविनायक चोकमा ड्युटीमा खटीएका एक प्रहरी हवल्दारमाथि चक्कु प्रहार भएको छ।
लकडाउनको समयमा सडकमा निस्किएका एक युवाले प्रहरी हवल्दारमाथि चक्कु प्रहार गरेका हुन् ।
लकडाउनको बेला चोकमा चक्कु र गुलेली बोकेर आएका व्यक्तिललाई सम्झाउन खोज्दा स्थानीय सुदीप क्षेत्रीले चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।
चक्कु प्रहारबाट महानगरीय प्रहरी वृत जगातीमा कार्यरत प्रहरी हवल्दार केशरसिंह रावतको गालामा चोट लागेको छ ।
चक्कु प्रहार गर्ने क्षेत्रीको मानसिक अवस्था ठिक नभएको बताइएको छ ।